ok

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ बैशाख २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाडौं– जनस्वास्थ्य र वातावरणका लागि प्लास्टिक र रबर जलाउनु घातक भए पनि नियमन र नियन्त्रण गर्न स्थानीय सरकारको ध्यान गएको छैन।
ुप्लास्टिकजन्य र रबरजन्य फोहर जलाउदा कार्बनमनोअक्साइड, ब्ल्याक कार्बन र अन्य धेरै किसिमका प्रदूषक हावामा मिसनन्छन्,’ उनले भने, ’जसको कारण मानिसलाई विभिन्न किसिमको क्यान्सर हुने, मुटु रोग लाग्ने, दम, आँखा तथा छालामा समस्या आउँछ।’
कानुनअनुसार प्रदेश सरकार तथा सम्बन्धित स्थानीय तहले प्लास्टिक प्रयोग तथा व्यवस्थापन मापदण्ड बनाई लागू गर्ने सक्ने व्यवस्था छ।
स्थानीय सरकारले प्लास्टिक तथा रबरजन्य वस्तु जलाउन नदिन प्रयाससम्म नगर्दा वायु प्रदूषण बढ्दो छ। प्लास्टिकजन्य फोहर जलाउन नदिन स्थानीय तहहरूले नै काम गर्नुपर्ने वायु प्रदूषण विज्ञको भनाई छ ।
सरकारले ४० माइक्रोनभन्दा पातलो १ पातलो बोकेमा कावाहि गर्ने भनिए पनि हुन सकेको छैन । २०७९ को भदौबाट सरकारको निर्णयविपरीतका कार्य भएको पाइए वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुने जनाइएको थियो । सरकारले यसअघि १९ असोज २०७८ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला उत्पादन, आयात, बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।
यसलाई प्रभावकारी कार्यान्वयनका लागि गत माघमा मन्त्रिपरिषद्ले प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना, २०७८ स्वीकृत गरिसकेको छ । तर, कोरोना महामारीका कारण पर्याप्त अुनगमन नहुँदा सरकार कारबाहीमा उत्रिएको थिएन ।
एक हप्ता भन्दा बढि तुवालेले ढाकिएको काठमाडौमा शुक्रबार वर्षापछि काठमाडौँको आकाश खुलेको छ । शुक्रबार दिउँसो काठमाडौँ लगायतका केही स्थानमा वर्षा भएको थियो । दिउँसो चलेको हावाहुरी र वर्षापछि काठमाडौँको तुवाँलोमा केही कमी आएको देखिन्छ । वायु प्रदूषण उच्च देखिएको भन्दै चिकित्सकहरूले स्वास्थ्यको ख्याल राख्न आग्रह गरेका थिए ।
। कचौरा आकारमा रहेकाले भौगोलिक बनोटका आधारमा काठमाडौँ उपत्यका वायु प्रदूषणका दृष्टिले उच्च जोखिम रहेको विज्ञहरु बताउँछन् । यसरी बेला बेला हुने उपत्यका सहितका क्षेत्रमा वायु प्रदूषणले स्वास्थ्य अल्पकालीन र दीर्घकालीन गम्भीर खालका असर पुर्‍याउने डाक्कटरहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

Array