कोशी प्रदेशका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता, आइतबार पेशी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ असार २०८०, शुक्रबार
1 Min Read
Aa

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ ।

नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कुमार कार्कीको तर्फबाट सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाइका लागि आइतबार पेशी तोकिएको हो ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गर्दै शुक्रबार पद तथा गोपनीयताको शपथ गराएका छन् । रीटमा कोशी प्रदेशका प्रदेश प्रमुखलाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array