माघ १७ गते बुधबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ माघ २०८०, बुधबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० माघ १७ गते बुधबार ई.सं.२०२४ जनवरी ३१ नेपाल सम्बत ११४४ पोहेलागा पंचमी, नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, माघ कृष्ण पंचमी, चन्द्रमा कन्या राशिमा हस्ता नक्षत्र, सुकर्मा योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०६:५१ बजे भयो बने सूर्यास्त साँझ ०५:४३ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): विगतका समस्या बल्झिन सक्छन्, आजको प्रयत्न निष्फल जस्तै हुने योग छ । तथापि, प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । व्यापार–व्यवसायमा भने सोचेको लाभ नमिल्न सक्छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला । व्यस्तता बढ्नेछ । मित्रजनको साथ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): प्रतिस्पर्धामा विजयी भइनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । विशेष योजनाहरू बन्नेछन् । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा भएपनि आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आरोग्यता बढ्नेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ । मान पुरस्कारप्राप्तिको योग पनि छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । लगानी र श्रमको उचित मूल्य नमिल्ला । समुदायको लागिचाहिँ राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने जिम्मेवारी हात पर्न सक्छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तान पक्षबाट सुखको योग छ । आरोग्यता वृद्धि हुनेछ ।।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन शत्रुहरूको चलखेल बढ्नाले गल्तीबिनै आरोप लाग्न सक्छ, सावधान रहनुहोला । इर्ष्या गर्नेहरूले काममा अवरोध पुऱ्याउन सक्छन् । योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन नसकुन् भनी विशेष प्रयास गर्नुपर्नेछ । रसरागमा आकर्षण बढ्नेछ भने यात्रामा सफलता प्राप्त होला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): रोकिएका काम बनेर आर्थिक पक्ष सबल हुने समय छ । प्रेमको बन्धन कसिएला । आजको दिन सवारीसाधन उपयोग गर्दा अलिक सावधानी अपनाउनुपर्नेछ, रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । खेलकुद, भ्रमण जस्ता कार्यमा आकर्षण बढ्नेछ । रसरागको भाव वृद्धि होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): इनाम र प्रतिष्ठा कमाउने बेला छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ तर गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण बढ्ने समय छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): बाध्यताका काममा जुट्नुपर्ने समय छ । यात्रागत कार्यमा समस्या आउने योग रहेकोले यात्रा स्थगन गर्नुमै हित होला । दम्पत्तिसुख मिल्नेछ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । पुरानो सम्झौता भंग हुने सम्भावना छ । धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो रहला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): धेरै परिश्रमपछि न्यून मात्रामा सफलता मिल्ने समय छ, केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ । यसका बाबजुद समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्ला । मिठो भोजन प्राप्त हुनेछ । अन्ततः कर्ममा सफल साबित हुनुहुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन् । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । प्रतिस्पर्धीलाई हराउन सकिनेछ । साझेदारीको काम बन्नेछ । धनको आगमन भैरहनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनु हुनेछ । मित्रजनको सहयोग समर्थन प्राप्ति हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आजको दिन व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । तर, पढाइलेखाइमा भने प्रगति हुनेछ । स्वास्थ्य कमजोर रहे पनि आम्दानी बढ्नेछ । आतिथ्यपूर्ण सम्मान प्राप्त हुन सक्छ । प्रेमको बन्धन कसिने तथा दाम्पत्य जीवन सुखद बन्ने समय छ । आफन्तको साथ मिल्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): गुरुजनको विशेष सहयोग जुटे पनि लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ । काम बिग्रने भयले सताउन सक्छ तर आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । यात्रापरक काममा सफलता प्राप्त हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दिन चुनौतीपूर्ण छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । बदनाम व्यक्तिहरूले मात्र सहयोगको तत्परता देखाउने योग परेकोले विशेष सजगता अपनाउनु हितकर होला । शोख पूरा गर्नमा खर्च हुनेछ । तथापि, पराक्रम वृद्धि हुनेछ भने रसरागमा आकर्षण बढ्ला । मिठो भोजन प्राप्त हुनेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array