हरेक नेपालीको लागि अपरिहार्य जानकारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ जेष्ठ २०८०, बिहीबार
16 Min Read
Aa

विश्व बस्नेत

जातियता, पहिचान, राष्ट्रियता र राष्ट्रको वकालत गर्नेहरु बुझौं— यि सब कुराहरु भन्दा ठूलो र महत्वपूर्ण देशका नागरिक हुन् । नागरिक नै नरहनेहुन् भने राष्ट्र कसको लागि अनि राष्ट्रियता, जातियता, पहिचान आदि सबको के अर्थ रहन्छ ? स्यानो स्यानो कुरामा हामी आपसमा लडनु झगडा गर्नु भन्दा बाहिर बाट हामीमाथी हुनगईरहेको प्रहारलाई रोक्नु, छेक्नु अझ महत्वपूर्ण र बुध्दिमानी हो । नेपालीहरु अनेकौं वहानामा सडकमा उत्रेर विद्रोह गरिरहेका छन् । तर आफ्नो अस्तित्वनै मेटाउने षडयंत्र बारे न त बुझेका छन् न विरोध, प्रदर्शण आदि गरेको देखियो यो ३ वर्षमा ।

क्लाउस स्वाब षडयंत्रकारीहरुको नाईके
                                                                       क्लाउस स्वाब षडयंत्रकारीहरुको नाईके

जनता मास्ने कोरोना र खोप अनि राष्ट्रिय परिचय पत्र, न्यु वल्र्ड अडर, वान वल्र्ड गभर्नमेन्ट, सेन्ट्रल बैंक डिजिटल करेन्सि (CBDC) द ग्रेट रिसेट् आदि खतरनाक खेलहरु भईरहेछन् । त्यता तिर कुनै नेता कार्यकर्ताको ध्यान छैन । उल्टै त्यसता कार्यलाई जानेर वा नजानेर सहयोग र समर्थन गरिरहेका छन् ।
नेपालीहरुको अगाडीको पुस्तानै समाप्त पार्ने ग्लोबलिस्ट, ईल्युमिन्याटीहरुको कोरोना र खोपको षडयन्त्र प्राय सफल भईसकेको छ । तर यसबारे यहाँका भेँडा नेता र देशका नाईकेहरुलाई कुनै मतलव छैन, कानमा तेल होलर सुतिरहेका छन् । दिनदिनै अकस्मात मृत्युका घटनाहरु बढीरहेका छन् । त्यो कसरी भइरहेको छ ? किन भईरहेको छ ? त्यसको निवारण के हो ? कुनै नेपाली नेता अथवा पावर र पहुँच भएका व्यक्तिले यस बारे चासो लिएका छैनन् । न कसैको ध्यान गएको छ !
जवकि बाहिर मुलुकका कतिपय सांसद, तथा मन्त्रीहरुले छानविन र कार्यवाहीको माग गरेका छन् । त्यसतै डाक्टर, वकिल, स्वतंत्र पत्रकारहरु पनि डब्लुएचओलाई प्रतिवन्ध गर्ने देखी लिएर वल्र्ड ईकोनोमिक फोरमको भन्डाफोर गरिरहेका छन् । तर यहाँका भेँडाहरु अधिकांसलार्ई यि सब बारे न थाहा छ, न विरोध वा वहिस्कार गर्छन् । यो पाराले एक पुस्ता भित्र यहाँका जनता र यो देश समाप्त हुने निश्चित छ ।

क्रोएशियाका यि सांसदले खुलेरै विश्व स्वास्थ संगठनलाई आतंककारी घोषणा गरेका छन् । यो भिडियो हेरौं   

https://rumble.com/v2pe44g-croatian-mep-mislav-kolakui-likens-the-world-health-organization-who-to-a-c.html  

त्यस्तै अष्ट्रेलियन सांसद म्याल्कम रबर्टस् को यो भिडियो हेरौं : 

तर यहाँका दिमागमा भुस भरिएका नालायक सांसद, मन्त्रिहरु सदनमा अएर कि त कुम्भकर्ण जस्तो सुत्छन् कि रमिता हेरेर बस्छन् । यस्ता कुराहरु न बुझ्छन् न बुझ्न चाहन्छन । यस विषयमा मुध्दा उठाउनु र जनतालाई जागरण गराउँन त कुरा परैजावोस । डब्लुएचओको प्रमुख (यमराजको दूत) टेड्रस आउँदा लम्पसार परेर स्वागत गर्न तँछाड मछाड गर्छन । किनकी त्यसले डलर रुपि हड्डि फ्याँकेर जान्छ ।

                                                                                            WHO प्रमुख टेड्रोस

पैसामा मरिमेटनेहरु, जनता मरे मर्छन, आफ्नै दुनो सोझ्याई राख, खाई राख घुस जति खान सक्छौ, गरिराख मौज जहिले सम्म गर्नसक्छौ । त्यो सब खोसिएर, दिमागमा चिप घुसाएर, ग्लोबलिस्टहरुको चाहना अनुरुप जनावर सरि भएर जीवन जिउँनेदिन आउँदैछ । जस अन्तर्गत कसैको निजी सम्पत्ति, बैक ब्यालेन्स र ऐश आरमको जिन्दगी, बिजनेस, व्यापार आदि हुँनेछैन (“You will own nothing and you will be happy”), त्यति बेला अनैतिक कमाएको पैसा पनि केहि काम लाग्ने छैन । त्यसरी आफु पनि डुब, देशवासीलाई पनि डुबाउ । त्यसै दिनलाई कुरेर बसि राख, छिट्टै आउनेवाला छ । शायद त्यति बेला तिमीहरुको होस खुल्ला र सोचौला समय छँदै केहि गरेको भए हुन्थ्यो । तर त्यति बेला पछुताए केहि हुनेवाल छैन ।

त्यस अवस्थामा कम्पुटरलाई ह्याक गरे जस्तै हाम्रो दिमागलाई पनि ह्याक गरेर उनीहरुले चाहे जस्तो जे पनि गराउँन सक्नेछन् अनि त्यति बेला हामी स्वतंत्र विचार (free will) भएका चेतनशिल स्वतंत्र प्राणी हुनुको साटो अर्धमानव, कम्पुटराईज्ड मानव अथवा ट्रान्सह्युमन (trans-human) हुनेछौ ।किनकी हाम्रो दिमागनै ह्याक् गरिनेछ अनि हामी आत्मा रहित, ईश्वर देखि पृथक जोम्बी सरह हुनेछौ । यस्तो अवस्थामा उनीहरुको लागि अनावश्यक जतिलाई रिमोट बाटै सिध्याईदिन सक्छन् । किनकी उनीहरुको नजारमा हामी अनावश्यक खन्चुवाहरु (useless eaters) हौं ।

प्रमाण तलको भिडियो लिंक खोलेर हेरौं—   

Dr. Harari Top advisor to Klaus Schwab: Humans are Hackable Animals, must not be allowed Free Will :

  https://rumble.com/vzm89t-dr.-harari-top-advisor-to-klaus-schwab-humans-are-hackable-animals-must-not.html

यस अघि विश्व स्वास्थ्य संगठनका सबै प्रमुखहरु मेडिकल डाक्टर हुनेगर्थे । तर हालको टेड्रस ए.गेब्रियसस् भने ईथोपियाको पुर्व कम्युनिस्ट आतंकवादी हत्यारा हो, जो बिल गेट्स, क्लाउस स्वाब लगायत ईल्युमिन्याटीहरुको सहयोग र समर्थनमा विश्वका सारा जनतालाई दास बनाउँने खतरनाक भुमिका खेलिरहेको छ “ग्लोबल प्यान्डेमिक ट्रिटी” (Global Pandemic Treaty) को माध्यम बाट । जस्लाई सघाउन र स्विकृत गर्न आर्को एउटा दिमागमा गोबर भरिएको अमेरिकाको राष्ट्रपतिको नाममा कलंक जो बाईडेन नामको मानसिक रोगी छ । यसलाई अधिकांस अमेरिकीहरुले नै राष्ट्रपति मान्दैनन् किनकी यस्लाई यसका समर्थक ग्लोबलिस्टहरु फेसबुकको जुकरवर्ग, एफबिआई लगायतले धाँधली पुर्वक चुनावमा जिताएका हुन् । प्रमाण यो भिडियोमा छ—

FBI and Zuckerberg Admit They Helped Rig The Election For Joe Biden  

 https://rumble.com/v1hdlpf-fbi-and-zuckerberg-admit-they-helped-rig-the-election-for-joe-biden.html

                                                                    Mark Zuckerberg

कोरोना रोगले र खोपले भनेजति अर्थात उनीहरुले चाहे जति मानिस मरेनन् । त्यसैले अब “ग्लोबल प्यान्डेमिक् ट्रिटी” को नाममा फेरी कुनै प्रकारको माहामारीको बहाना गरेर अझ कडा नियम कानून लदाएर जतीबेला चाह्यो कुनै पनि किसिमको ज्यानमारा सुई घोचाउन सक्नेछ जस्को विरोध र प्रतिकार कुनै व्यक्ति वा देशले गर्न पाउँनेछैन किनकी WHO लाई देशको नियम कानून भन्दा माथिको अधिकार हस्तान्तरण गरिएको हुनेछ । यस बारे तलको भिडियो हेरेर बुझने प्रयास गरौं ।

                                     Tedros

GLOBAL P(L)ANDEMIC TREATY [WHAT YOU NEED TO KNOW]  https://www.bitchute.com/video/VhYmSG1tSbsL/

षडयंत्रकारीहरुको नाईके क्लाउस स्वाब: क्लाउस स्वाबको विचारमा हामी सबै बेकामे खन्चुवा हौ । त्यसैले हामी अधिकांसको मृत्यु हुनुपर्छ अनि बाँकी रहेका माथी उनीहरुले दास बनाएर राज गर्नुपर्छ । त्यसै उद्येश्य अनुरुप कोरोना रोग कृतिम ढंगले उत्पादन गरेका हुन अनि रोगबाट बचाउने बहानामा भ्याक्सिनको नाममा जैविक हतियार युक्त सुई घोच्ने षडयंत्र रचेका हुन । तर यो वास्तवमा भ्याक्सिन भने होईन, किनकी यो भ्याक्सिन बन्ने सिध्दान्तबाट बनेको छैन, न त भ्याक्सिनले गर्ने काम गरेकोछ— किनकी सुई लगाउनेहरुमा रोग लाग्न, सर्न वा मृत्यु हुन कुनै बाट रोकेन यसले । उल्टै यसको कारणले हाल सम्म विश्वभरि करोडौं मानिसको मृत्यु भईसकेकोछ ।

                                                                                     षडयंत्रकारीहरुको नाईके क्लाउस स्वाब

कोभिड विरुध्दका एक अमेरिकी वकिल टड् क्यालेन्डरले भनेका छन् ;       

 “The government is not here to help you they are here to kill you. Do not trust the government, trust in God.” —Todd Callender.

अर्थात, “सरकार तिमीलाई सहयोग गर्न होईन मार्न लागिपरेकोछ । अतः सरकारको भरोशा नगर ईश्वरामा भरोशा गर ।”

                                                                                                       Todd Callender

यस्तै हरेक देशका सरकार यस महामारीको षडयंत्रमा शामेल छन् । त्यसैले बुध्दी प्रयोग गरेर आफ्नो ज्यान आफै बचाउनु, कुनै पनि देशको सरकारको भर नगर्नु । यस स्थितिमा के नेपाल सरकार मात्र चोखो छ भन्ने लाग्छ ? यहाँ पनि ग्लोबलिस्टहरुका एजेन्टहरु सरकारमा छन् । जसले कोभिडको षडयंत्र लदायो अनि सुई हान्न बाध्य गरायो तिनीहरु सबै जनताका दुश्मन हुन् । होस गरौं ।

                                                                                           Dr. David Martin

डा.डेभिड मार्टिनले युरोपियन युनियन पार्लियामेन्टमा बोलेको यो भिडियो अवश्य हेरौं—     ” COVID- 19  WAS AN ACT OF BIOLOGICAL WARFARE PERPETRATED ON THE HUMAN RACE” 

https://rumble.com/v2q6e1u-covid-19-was-an-act-of-biological-warfare-perpetrated-on-the-human-race.-.html

एक बहादुर योद्या डाक्टर रसिद बुटार
महामारीको शुरुवाति दिनहरु देखिनै निडर भएर खुल्ला रुपमा कोरोना र भ्याक्सिन षडयंत्र बारे बोल्ने बहादुर योद्या डाक्टर रसिद बुटार बिग फर्मा र ग्लोबलिस्टहरुको षडयंत्रको शिकार भएका छन् । गत मे १८ तरिख उनको रहश्यमय ढंगले मृत्यु भएकोछ । उनले पहिलानै भनेका थिए म मारिन सक्छु तर जनचेतना जगाउने कामबाट म पछि हट्दिन । उनले शुरुमै भनेका कुराहरु मुलधारका मिडियाहरुले खिल्ली उडाएर उनलाई बदनाम गराउँन खोजिए ता पनि अहिले ती सबै सत्य प्रमाणित भएका छन् अनि मिडियाको झुट र छलकपटको पर्दाफस भईरहेकोछ ।

                                                                                            डाक्टर रसिद बुटार

उनको यो भिडियो हेरौं—

https://clikview.com/watch/more-than-3-years-before-msm-dr-rashid-a-buttar_7oPOsabugQayiB3.html

कतिले मलाई सोध्छन्, “यहाँका डाक्टर र अन्य बुध्दिजिवी र जान्ने हुँ भन्नेहरुले समेत थाहा नपाएका र नबुझेको कुरा तपाईले कसरी बुझ्नुभयो ?” हो यो तथाकथित महामारीको बारेमा मैले यसको शुरुवाती दिनहरु देखिनै बुझेको थिएँ । त्यसैले कहिले पिसिआर टेस्ट, मास्क, ह्यान्ड स्यानिटाईजिङ, सोसल डिस्ट्यान्सिङ आदिको पछि लागिन अनि ती नियमहरु पालना गरिन । डाक्टरहरुलाई समेत थाहा नभएको कोरोनाको विरुध्द लडने औषधीहरु हाइड्रक्सिक्लोरोक्विन, जिंक, आईभरमेक्टिन, भिटामिन डि, सि, निबुलाईज्ड हाईड्रोजन पेरक्साईड र ब्युडोसेनाईड आदि मलाई थाहा थियो र प्रयोग गरिरहेको थिएँ । त्यसैले मलाई कहिले कोरोनाको भय भएन, साथै कुनै खोप पनि घोचाईन ।

मैले धेरैको सोच यस्तो पनि पाएको छु , “मैले त सुई हानीसकें अब जे होला होला यि सब कुरा सुनेर के फाईदा ?” सुन्नु यसकारण जरिुरी छ कि त्यसका कुअसरहरु बाट बच्ने उपायहरु सिकिन्छ अनि बच्ने तरिकाहरु अपनाउन सकिन्छ । जस्तो माथि उल्लेख गरिएको भिटामिन सि, डि, जिंक, को साथमा हाईड्रक्सिक्लोरोक्विन र आईभरमेक्टिन हामीलाई कोरोना लाग्न बाट अनि खोपका कुअसरहरुलाई छेक्न धेरै मदत पुग्नेछ । वास्तवमा आईभरमेक्टिन एउटा मात्र प्रयोग गर्न सिफरिस गरेको भए यो तथाकठित माहामारी भन्ने नै हुने थिएन । त्यसलाई षडयंत्रकारी ढंगले प्रतिवन्ध गरियो ता कि रेम्डेसिभिर र खोप लगाउन बाटो खुल्ला हुन्छ भन्ने उध्येश्यले । आईभरमेक्टिन बारे धेरै उच्चस्थ डाक्टर र वैज्ञानिकहरुले बोलेका छन् जस मध्य डा. पियर कोरी द्वार लिखित यो पुस्तक (जून ६ तरिखमा प्रकाशित हुने) को पनि निकै चर्चा भईरहेकोछ, “द वार अन आईभरमेक्टिन” ।

यस बिषयमा डेल बिगट्रीले डा.पियर कोरी सँग लिएको यो भिडियो अन्तरवार्ता पनि हेर्नुहोस—

HOW THE WAR ON IVERMECTIN OPENED PIERRE KORY’S EYES  https://www.bitchute.com/video/4Pb2xkLoJOYH/

यस बाहेक अन्य औषधीहरु पनि छन् जसलाई प्रयोग गर्नु लाभकारी हुनेछ । त्यसको साथै अन्य धेरै जानकारीको लागि मैले यस अघि प्रस्तुत गरेको पुस्तक (तल) नेट बाट डाउनलोड गर्न सकिन्छ । मुनि प्रस्तुत QR Code scan गरेर अथवा यो लिंक खोलेर डाउनलोड गरि अध्यन गर्नसकिन्छ, धेरै कुराको विस्तृत जानकारी प्राप्त हुनेछ ।         https://bibasnet2.free.resourcespace.com/pages/view.php?ref=1032&k=92a8dfc908

 

अनि यि सब कुरा जान्न र बुझ्न यस कारण पनि जरुरी छ— जाने बुझे हामीले अरुलाई पनि बुझाउन सक्नेछौं अनि षडयंत्रकारीहरुको विरुध्द लडन अथवा उनीहरुको योजना असफल बनाउन सक्नेछौ । त्यो कसरी ? अवाज्ञा । उनीहरुले जे जे नियम, आदेशहरु लगाउछन् त्यसको सक्दो विरोध र पालना नगर्ने । जस्तै डिजिटल करेन्सि स्विकार नगर्ने, नगद बाटै लेनदेन गर्ने, राष्ट्रिय परिचय पत्र जस्ता अनावश्यक र आफ्नो भेद सबै खोलेर दिने र आफैलाई घात हुन काम स्विकार नगर्ने । रोगको डर देखाएर घरि घरि खोप, बुस्टर अदि लिन आउ भन्दा दौडेर गई नहाल्ने । मास्क लागउ, सामाजिक दूरी, लकडाउनमा बस भन्दा त्यसलाई वेवास्ता गर्ने आदि । अनि ऐले जति खोप हानिसकिएको छ अब थप नहान्ने ।
खाद्यान्नमा आत्म निर्भर हुने, किनकी जनसंख्या घटाउने योजना अन्तरगत ठूलो अनिकाल र भुखमरीको श्रृजना गर्नेछन् त्यसकारण खाली ठाउँ कतै नराखि बालीनाली लगाउँ, बाहिरको किनेर खाने कुराको भर नगरौं । जानकार भएर हामीले यति गर्न सक्यौ भने हाम्रो अस्तित्व रहला अन्यथा हामी मासिने निश्चित छ । पृथिवीमा ऐलेसम्मकै सबै भन्दा ठूलो र डरलाग्दो मानव जातिकै अस्तित्व मेटिन सक्ने षडयंत्र हो यो अतः हामी आपसमा लडाई झगडा गर्नु भन्दा बाहिरी आक्रमण र षडयंत्र विरुध्द एकजुट हुनु बढि महत्वपूर्ण हो । भगवानले हामी सबैको रक्षा गरुन ।

लेखक बारेः
विश्व बस्नेत पहिला चलचित्र नायक, कलाकार, निर्माता, निर्देशक हुन् । स्वास्थ्य सम्बन्धि अध्यन, अनुसन्ध गर्नु उनको रुचि हो । कोभिड १९ सम्बन्धि उनका थुप्रै लेख, भिडियोहरु नेटमा शुरु देखिनै बारंबार निस्किरहेका छन् । साथै फेसबुकमा पनि सकृया सहभागिता मार्फत जनचेतना जगाउँने प्रयासमा निरंतर लागिरहेका छन् ।
उनको अर्को अध्यन अनुसन्धानको विषय हो क्यान्सरको वैकल्पिक उपचार । यस विषयको उनको एउटा पुस्तक “क्यान्सर रोगले अब मर्नु पदैन” चाँडैनै बजारमा आउँदैछ । साथै “रिभाईभ हेल्थ एण्ड वेलनेस्” नामको एक वैकल्पिक क्यान्सर उपचार केन्द्र पनि दर्ता भएर संचालन हुनगईरहेको छ । वैकल्पिक तर आधुनिक उपचार र पध्दति बाट क्यान्सर निको पार्न सक्ने उनको भनाई छ । जुन अस्पतालका उपचारहरु भन्दा फरक अनि किफायत साथै पिडा र साईड एफेक्ट रहित हुन्छन भन्ने उनको भनाई छ । अतः क्यान्सर पिडितहरुले उनीसँग परामर्श लिन सक्नेछन् ।
सम्पर्कः

[email protected].

9851143944

लेखकको यो लेख (भाग १ र २) पनि अध्यन गर्नुहोस जस्मा खोपका दुश्परिणामहरु विरुध्द लडने उपाय र औषधीहरुको विस्तृत वर्णन गरिएको छ ;

भाग १ https://www.loksambad.com/news/24598

भाग २ https://www.loksambad.com/news/24670

प्रतिक्रिया दिनुहोस्

Array