काठमाडौँ – मेलबर्न विश्वविद्यालयका Professor Muthupandian Ashokkumar, जो हाल Director of the Melbourne Global Centre–Delhi र Deputy Pro Vice-Chancellor (International, South Asia and Middle East) पदमा कार्यरत छन्, हालै काठमाडौं विश्वविद्यालय (KU) भ्रमणमा आएका छन्।
उक्त भेटघाटको उद्देश्य दुई विश्वविद्यालयबीच शैक्षिक सहकार्य सुदृढ पार्ने र अन्तर्राष्ट्रिय स्तरमा शैक्षिक पहुँच विस्तार गर्ने रहेको बताइएको छ। छलफलका क्रममा द्वैध स्नातक (dual degree) कार्यक्रम संचालन गर्ने सम्भावना, विद्यार्थी तथा अध्यापक आदानप्रदान, र संयुक्त अनुसन्धान परियोजनाबारे विस्तृत कुराकानी गरिएको थियो।
काठमाडौं विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. अच्युत वाग्ले, विश्वविद्यालयका तर्फबाट डिन र अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रतिनिधिहरू उपस्थित रहेका उक्त भेटघाटले भविष्यमा नेपाल र अस्ट्रेलियाबीच शैक्षिक सहकार्यको नयाँ मार्ग खोल्ने विश्वास गरिएको छ।
प्रोफेसर अशोककुमारले दक्षिण एशिया र मध्यपूर्व क्षेत्रमा मेलबर्न विश्वविद्यालयको शैक्षिक सञ्जाल विस्तार गर्ने क्रममा नेपाललाई ‘महत्वपूर्ण साझेदार’का रूपमा हेरिएको बताएका छन्।




प्रतिक्रिया दिनुहोस्