इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि होड रोमाञ्चक बन्दै ब्राइटनलाई ४-० ले पराजित गर्दै सिटी तालिकाको‌ दोस्रो स्थानमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ बैशाख २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ । बिहीबार राति भएको खेलमा ब्राइटनमाथि ४–० को एकतर्फी जित निकालेपछि म्यानचेस्टर सिटीले आफूलाई उपाधि होडमा बलियोगरी प्रस्तुत गरेको छ ।

ब्राइटनलाई ४-० ले पराजित गरेपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ। सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे।

ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं मिनेटमा हेड मार्फत गोल गरे । प्रिमियर लिगमा डी ब्रुएनेको त्यो ६८ औं गोल हो। २६ औं मिनेटमा फोडेनले गोल गर्दै अग्रता दोब्बर बनाए ।

बर्नान्डो सिल्भाको पासमा फोडेनले ३४ औं मिनेटमा अर्को गोल गरेपछि सिटी पहिलो हाफमा ३-० ले अगाडि रह्यो। प्रिमियर लिगमा फोडेनको ५० गोल पूरा भएको छ ।सिटीका लागि ५० गोल गर्ने फोडेन १० औं खेलाडी हुन्। वाल्करको पासमा अल्भारेजले ६२औं मिनेटमा गोल गरेपछि सिटीले सहज जित निकाल्यो ।

प्रिमियर लिग अन्त्यतिर लाग्दा तीन टोलीबीच प्रतिस्पर्धा छ। ३४ खेलमा ७७ आर्सनलसहित शीर्षस्थान र तेस्रो स्थानको लिभरपुलको ७४ अंक छ । एक खेल कम खेलेको दोस्रो स्थानको सिटीको ७६ अंक छ । ब्राइटन ४४ अंकका साथ तालिकाको ११ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

Array