‘रवि दाइ हाईहाई, निर्मला पन्तलाई न्याय खोई’ ? भन्दै नेविसंघको प्रदर्शन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ बैशाख २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रदर्शन गरेको छ । नेविसंघका नेता तथा कार्यकर्ताहरुले आज (शुक्रबार) साँझ आर. आर. क्याम्पसअघि प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

उनीहरुले बोकेको प्लेकार्डमा जिबी राई कहाँ छ, रवि दाइलाई थाहा छ, रवि दाइ हाईहाई, निर्मला पन्तलाई न्याय खोई ? भन्ने लेखिएको थियो । नेविसंघले गृहमन्त्री लामिछानेविरुद्ध निरन्तर प्रदर्शन जारी राखेको छ ।

कांग्रेसले पनि गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिन समितिको माग राखेर सदन अवरोध गरेको थियो । कांग्रेसले छानबिन समिति नबनाईए बजेट अधिवेशनपनि चल्न नदिने रणनीति तय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

Array