६ लघुवित्त कम्पनीहरु एफपीओ निष्कासनको तयारीमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ आश्विन २०७९, आईतवार
6 Min Read
Aa

काठमाडौं – लघुवित्त कम्पनीहरु एफपीओ निष्कासनको तयारीमा रहेका छन् । शेयर संरचना मिलाउन ६ कम्पनीले एफपीओ निषकाशन गर्ने तयारी गरेको छ।

सूचीकृत कम्पनीले सूचीकृत नभएको कम्पनीले मर्ज तथा प्राप्ति गरेपछि शेयर संरचना मिलाउन एफपीओ निष्कासन गर्नुपर्ने प्रावधान भएकाले यी कम्पनीहरूले एफपीओ निष्कासन गर्न लागेका हुन् । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट निष्कासनको अनुमति पाएपछि मात्र एफपीओ निष्कासन हुनेछ ।

- Advertisement -
Ad imageAd image

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था 
यस कम्पनीले प्रतिकित्ता रु. १५९ मा १ लाख ७८ हजार कित्ता ४५१ कित्ता एफपीओ निष्कासन गर्दै छ । कम्पनीले उक्त एफपीओ निष्कासन गर्नका लागि २०७८ चैत २५ गते सेबोनमा निवेदन दिइसकेको छ ।

उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्था एकआपसमा गाभिएपछि उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबारमा आएको छ । यस कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रु। ३ करोड ८८ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ५४ प्रतिशतले कम हो । कम्पनीले अघिल्लो आवमा रु. ८ करोड ५७ लाख नाफा कमाएको थियो ।

युनिक नेपाल लघुवित्त वित्तीय संस्था
कम्पनीले प्रतिकित्ता रू. १०० मा ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले उक्त एफपीओ निष्कासन गर्नका लागि २०७८ चैत १७ गते सेबोनमा निवेदन दिइसकेको छ । यस युनिक नेपाल लघुवित्तले घोडीघोडा लघुवित्त वित्तीय संस्थालाई मर्जरपश्चात् युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्दै आएको छ ।

यस कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा १७ प्रतिशत वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा रु। ७ करोड ६७ लाख नाफा कमाएकोमा गत आवमा बढेर रु। ९ करोड १ लाख पुगेको हो ।

किसान लघुवित्त वित्तीय संस्था

किसान लघुवित्त प्रतिकित्ता रु.१२५ अंकित दरमा १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । उक्त एफपीओ निष्कासन गर्नका लागि कम्पनीले २०७८ असार २९ गते निवेदन दिइसकेको छ ।एनआरएन लघुवित्त वित्तीय संस्थाले दिव्य लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थालाई गाभेपछि एनआरएन लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरू भएको थियो । पछि कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार नाम परिवर्तन गरी किसान लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्दै आएको छ ।

यस कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रु. १२ करोड ३९ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा भने ८ प्रतिशत कम हो । अघिल्लो आवमा कम्पनीले रु. १३ करोड ४८ लाख नाफा कमाएको थियो । चालू आवमा कम्पनीको निष्क्रिय कर्जा बढेकाले नाफा घटेको हो । अघिल्लो आवमा कम्पनीको निष्क्रिय कर्जा ४ दशमलव ६० प्रतिशत रहेकोमा गत आवमा बढेर ४ दशमलव ८८ प्रतिशत पुगेको छ ।

नयाँ सारथि लघुवित्त वित्तीय संस्था 

नयाँ सारथि लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. ११६ मा ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्कासन गर्नका लागि २०७८ भदौ ९ गते बोर्डमा निवेदन दिएको छ । नयाँ नेपाल लघुवित्त वित्तीय संस्था र सारथि लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभिएसँगै बनेको नयाँ सारथि लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । यस कम्पनीले गत आवको चौथो त्रैमाससम्म रु। ७ करोड ९० लाख नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले रु। ७ करोड २० लाख नाफा कमाएको थियो ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था

मिर्मिरे लघुवित्त वित्तीय संस्था कम्पनी ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । प्रतिकित्ता रु. १७७ दशमलव ८ मा उक्त एफपीओ निष्कासन गर्नका लागि सेबोनमा २०७८ कात्तिक २३ गते निवेदन दिएको थियो । यस कम्पनीले एफपीओ निष्कासन गर्नका लागि इक्रा नेपालमा रेटिङ गराइसकेको छ । इक्रा नेपालले कम्पनीले निष्कासन गर्न लागेको एफपीओलाई इक्रा एनपी इस्युआर बीबी रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाउँछ । यस कम्पनीले नागबेली लघुवित्त वित्तीय संस्था र स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरिसकेको छ । यस कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रु। २० करोड ८१ लाख नाफा कमाएको छ । कम्पनीले अघिल्लो आवको चौथो त्रैमाससम्ममा रू। १९ करोड २७ लाख नाफा कमाएको थियो ।

समता घरेलु लघुवित्त वित्तीय संस्था
कम्पनी प्रतिकित्ता रू। १५९ दशमलव शून्य ७ मा २ लाख ८९ हजार ४४० कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले उक्त कित्ता एफपीओ निष्कासन गर्नका लागि २०७८ चैत २९ गते सेबोनमा निवेदन दिएको छ । समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्थाबीच मर्जर भई समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार शुरू भइसकेको छ ।

यस कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा २६ प्रतिशत घटेको छ । कम्पनीले अघिल्लो आवमा रु. १० करोड ८३ लाख नाफा कमाएकोमा गत आवमा रु। ७ करोड ९७ लाखमा सीमित भएको हो । गत आवमा कम्पनीको निष्क्रिय कर्जा बढेसँगै नाफा प्रभावित भएको हो । अघिल्लो आवमा कम्पनीको निष्क्रिय कर्जा २ दशमलव ८३ प्रतिशत रहेकोमा गत आवमा बढेर ३ दशमलव ७६ प्रतिशत पुगेको हो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: