नेप्सेमा झिनो सुधार: कारोबार रकम भने ४ अर्ब ७३ करोड नाघ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ आश्विन २०८३, मंगलवार
1 Min Read
Aa

काठमाडौं – धितोपत्र बजार परिसूचक नेप्सेमा आज सामान्य अंकको सुधार देखिएको छ। उतारचढावका बीच नेप्से परिसूचक ४.१२ अंकले बढेर २५९९.९३ विन्दुमा पुगेर बन्द भएको छ।

अघिल्लो दिनको तुलनामा बजार परिसूचकमा खासै ठूलो परिवर्तन नदेखिए पनि लगानीकर्ताको मनोबल बलियो रहँदा सेयर कारोबार रकममा भने उत्साहजनक वृद्धि भएको छ। आज दिनभरिमा कुल ४ अर्ब ७३ करोड रुपैयाँ (पौने ५ अर्ब) बराबरको सेयर खरिदबिक्री भएको छ, जुन अघिल्लो दिन सोमबारको ४ अर्ब ४६ करोडको तुलनामा बढी हो।

- Advertisement -
Ad image

आजको बजारमा समग्र परिसूचक बढे पनि धेरैजसो कम्पनीका लगानीकर्ताले भने गुमाएका छन्। बजारमा कुल १०४ कम्पनीको सेयर मूल्य बढ्दा १६७ कम्पनीको मूल्यमा गिरावट आएको छ भने ७ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन।

समूहगत रूपमा हेर्दा बैंकिङ र बिमा क्षेत्रका ठूला उपसमूहहरूले बजारलाई सम्हालेका छन्। वाणिज्य बैंक, विकास बैंक, लगानी, जीवन बिमा र निर्जीवन बिमा समूहको सूचक सकारात्मक रहँदा बजार हरियो देखिएको हो। यद्यपि, हालैका दिनमा बढी उतारचढाव देखिएका फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स र व्यापार समूहमा भने आज गिरावट दर्ता भएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्