श्रीलङ्कन टिएमएस ल्याउन ३३ कम्पनीले दिए निवेदन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ आश्विन २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौँ – नेप्सेमा सञ्चालन रहेका ३३ कम्पनीले श्रीलङ्कन कम्पनीको टिएमएस ल्याउने भन्दै निवेदन दिएका छन्। ३३ कम्पनीले श्रीलङ्का स्थिति आइरन वान कम्पनीले उत्पादन गरेको टिएमएस ल्याउने अनुमति माग गरेका हुन। सोही टिएमएस ल्याउन नेपालका ३३ ब्रोकर कम्पनीहरूले नेपाल स्थित स्थानीय कम्पनी डिजि हबलाई मध्यस्थकर्ताको भूमिकामा राख्दै निवेदन दिएको नेप्सेले जनाएको छ।

नयाँ टिएमएस राख्ने ब्रोकर कम्पनीले निवेदन सँगै कुन कम्पनीको टिएमएस ल्याउने र को मार्फत ल्याउने भन्ने जानकारी निवेदन सँगै दिनु पर्ने नियम थियो। आइरन वान श्रीलङ्काको स्टक बजारसँग सम्बन्धित सफ्टवेयर उत्पादन गर्ने कम्पनी हो। जसको मुख्य कार्यालय कोलम्बोमा अवस्थित छ। हुन त उसले आफ्नो कार्यालयहरू अन्तर्राष्ट्रिय स्तरमा समेत बिस्तार गरेको छ। जस अनुसार उसको शाखा कार्यालय नर्थ अमेरिकामा समेत छ। उसले उत्पादन गरेका टिएमएस श्रीलङ्का स्थित ब्रोकर कम्पनीहरूले चलाउँदै आएका छन्।

सोही नियम अनुसार नै ब्रोकर कम्पनीहरूले उक्त जानकारी निवेदन सँगै दिएका हुन्। त्यसैगरी नेप्सेमा हाल सञ्चालनमा रहेका ५० ब्रोकर कम्पनी मध्ये ३४ ब्रोकर कम्पनीले आफ्नै टिएमएस राख्न भन्दै निवेदन दिएका छन्।

निवेदन दिएका मध्ये एउटा मात्रै कम्पनीले भारतीय कम्पनीको टिएमएस ल्याउने तयारी गरिरहेको छ। उसले भारतीय कम्पनीको ल्याउने भन्दै नेप्सेमा निवेदन नै दिई सकेको नेप्सेको भनाई छ। भारतीय कम्पनी टिएमसको तयारीमा नासा सेक्युरुटिज कम्पनी रहेको नेप्सेले जनाएको छ। नासाले भारतको डिएन ग्लोबल सोलुसन कम्पनी मार्फत नयाँ टिएमएस ल्याउन भन्दै नेप्सेमा दिएको निवेदनमा उल्लेख गरेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ टिएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम) का लागि निवेदन गरेका कम्पनीहरूको निवेदन उपर जाँच बुझ गर्ने कार्यलाई अघि बढाएको छ। उसले दसैँ अघि नै जाँच बुझ सकाउने गरी काम अघि बढाएको भए पनि त्यो भने सम्भव हुन नसकेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

Array