तीन कम्पनीले आइपीओ निष्काशन गर्न सेबोनसँग मागे अनुमति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ  – नेपाल धितोपत्र बोर्ड (सेबोन) मा तीन कम्पनीले आइपीओ निष्काशनको अनुमति माग्दै निवेदन पेश गरेका छन् । मोदी इनर्जी लिमिटेड, सोनापुर मिनिरल् एण्ड आयल लिमिटेड र मेनछ्याम हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशनको अनुमति मागेका हुन् ।

सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडले १ करोड २३ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि असोज ४ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

त्यसैगरी मोदी इनर्जी लिमिटेडले ७२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि भदौ ३१ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । त्यसैगरी मेनछ्याम हाइड्रोपावर पावर लिमिटेडले १६ लाख २७ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

सेबोनबाट आईपीओ निष्कासन गर्न स्वीकृती पाएपछि मात्र यी तीन कम्पनीले आईपीओ निष्कासन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

Array