दोहोरो अंकले घट्यो नेप्से

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। बजार आज २३.८३ अंकले घटेर १८१५.१३ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.८३ अंकले घटेर ३५५.६० को विन्दुमा ओर्लेको छ। कारोबार रकम १ अर्ब रुपैयाँ बढीको भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। आज नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका ४० लाख १४ हजार ४१९ कित्ता सेयर १ अर्ब ७ करोड २४ लाख ८० हजार ९७ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन लक्ष्मी बैंकको सर्वाधिक २६ करोड २ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ४ करोड २९ लाख रुपैयाँबराबरको भएको आज रिडी पावरको ३ करोड ४९ लाख रुपैयाँ, निफ्राको २ करोड ५९ लाख रुपैयाँ, अरुण काबेली पावरको २ करोड २३ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड १३ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १ करोड ८६ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १ करोड ६७ लाख रुपैयाँ, सिटिजन्स बैंकको १ करोड ५८ लाख रुपैयाँ र प्राइम कमर्सियल बैंकको १ करोड ५१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्