निरन्तर ओरालोमा सेयर बजार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ  – सेयर बजारमा साताको सुरुवाती कारोबार ओरालोतर्फ देखिएको छ। आइतबार ३३.९७ अंकले घटेर बजार १८७६.४१ बिन्दुमा झरेको छ। १ अर्ब ६० करोड रुपैयाँको कारोबार भएको बजारमा ८ कम्पनीको मात्र सेयर मूल्य बढ्दा १८० कम्पनीको मूल्यमा गिरावट आएको छ।

गएको साता आइतबार ११.४७ अंकले घटेको बजार सोमबार १३.५९ अंकले घटेको थियो। मंगलबार २१.३० अंकले र बुधबार ४७.४४ अंकले बढेको बजार बिहीबार पुन: ५७ अंकले घटेको थियो। अन्तिम कारोबारमा शुक्रबार १४.१० अंकले घटेर बजार १९१०.३८ बिन्दुमा झरेको थियो।

प्रतिक्रिया दिनुहोस्

Array