रिलायबल नेपाल लाइफद्वरा नयाँ बोनस दर सार्वजनिक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमडौँ – रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७र७८ को स्थिति लेखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन भदौ ८ गते बीमा समितिबाट स्वीकृत भएको थियो। कम्पनीले संचालनमा ल्याएको विभिन्न प्रकारका मुनाफामा सारिक हुने (बोनस आर्जन गर्ने) गरी जीवन बीमालेखहरुमा नयाँ बोनस दर तोकेको जनाएको छ।

कम्पनीले प्रतिवर्ष प्रतिहजार २० रुपैयाँदेखि ७५ रुपैयाँ बोनस दर दिने भएको छ। जुन गत वर्षको भन्दा धेरै बोनस दर हो। आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले प्रतिहजार १३ रुपैयाँ देखि ७० रुपैयाँ बोनस दर कायम गरेको थियो।

रिलायबल सार्वधिक जीवन बीमालेख अन्तर्गत प्रतिहजार ५० रुपैयाँ ७५ रुपैयाँ तोकिएको छ। जसमा ५ वर्ष देखि ९ वर्ष अवधिको लागि ५० रुपैयाँ दिएको छ। १० देखि १४ वर्ष अवधिसम्मको लागि ५५ रुपैयाँ र १५ देखि १९ वर्ष अवधिसम्मको लागि ६२ रुपैयाँ छ। २० वर्ष वा सो भन्दा माथि अवधिको लागि ७५ रुपैयाँ तोकिएको छ।

त्यस्तै, लघु सावधिक जीवन बीमालेख अन्तर्गत कम्पनीले सबै बीमा अवधिहरुका लागि ३० रुपैयाँ बोनस दिएको छ।

प्रतिक्रिया दिनुहोस्

Array