एभरेष्ट इन्टर स्कुल बास्केटबल प्रतियोगितामा ६ टिम फाइनलमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – भक्तपुरमा जारी छैठौँ एभरेष्ट इन्टर स्कुल बास्केटबल प्रतियोगितामा ६ टिम फाइनलमा पुगेका छन् । एभरेष्ट इंगलिस स्कुल मिवाछेँ ब्यासी भक्तपुरको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत सोमबार भएको सेमिफाइनल खेलबाट सैनिक, ज्ञान निकेटन, युनिक, ज्ञान निकेटन, तिरुपति र इनोभेटिभले फाइनल यात्रा तय गरेका हुन् ।

सिनियर ब्वाइजतर्फ सैनिक आवासीय मावि सल्लाघारी भक्तपुरले हिमालय स्कुल काठमाडौं, ज्ञान निकेतन स्कुल काठमाडौँले इनोभेटिभ स्कुल काठमाडौँलाई हराएर फाइनल यात्रा तय गर्न सफल भएको हो । यस्तै जुनियर ब्वाइजतर्फ ज्ञान निकेटनले न्यातापोल स्कुल भक्तपुर, युनिक स्कुल काठमाडौँले हिमालय स्कुल काठमाडौँलाई पराजित गरी फाइनलमा प्रवेश पाएको हो । गल्सतर्फ तिरुपतिले हिमालय र इनोभेटिभले सैनिकलाई हराएर फाइनलमा प्रवेश पाएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array