म्यानचेस्टर युनाइटेडले लिभरपुललाई २-१ ले हरायो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ  – इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले लिभरपुललाई २-१ गोलले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई २-१ गोल अन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा जाडोन सान्चो र मार्कस राशफोर्डले एक एक गोल गरेका थिए । सान्चोले खेलको १६औं मिनेटमा गोल गरेका थिए भने भने राशफोर्डले खेलको ५३औँ मिनेटमा गोल गरेका थिए ।

त्यस्तै लिभरपुलका लागि एक गोल खेलको ८१औं मिनेटमा मोहमद सलाहले गरेका थिए । युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागले यस खेलमा क्रिस्टियानो रोनाल्डोलाई सब्सटिच्युटमा राखेका थिए । रोनाल्डोले यस खेलमा खेलको ८६औँ मिनेटपछि मात्र मैदान प्रवेश गरेका थिए ।यस सिजनमा शुरुका दुई खेलमा हार बेहोरेर खराब शुरुवात गरेको युनाइटेडलाई यस जितले ठुलो राहत मिलेको छ ।

यो जितपछि युनाइटेडको ३ खेलमा ३ अंक भएको छ । त्यस्तै लिभरपुलले पनि यस सिजनमा खराब शुरुवात गरेको छ । लिभरपुलले शुरुका दुई खेल बराबरी खेलेकोमा अब तेस्रो खेलमा हार बेहोरेपछि दबाब बढेको छ । यस खेलपछि लिभरपुलको ३ खेलमा २ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array