प्रिमियर लिग लिड्ससँग चेल्सीको फराकिलो हार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँँ – इंग्लिस प्रिमियर लिगअन्तर्गत आज सम्पन्न खेलमा चेल्सी पराजित भएको छ । ऊ घरेलु टोली लिड्स युनाइटेडसँग ३–० ले पराजित भएको हो । इल्याण्ड रोड स्टेडियममा घरेलु टोलीलाई सहज जित दिलाउन ब्रेनडेन आरोनसन, रोड्रिगो मोरिनो र ज्याक ह्यारिसनले एक–एक गोल गरे।

खेलको ३३औँ मिनेटमा आरोनसनले लिड्सलाई अग्रता दिलाएका थिए । उनले चेल्सीका गोलरक्षक एडवार्ड मेन्डीको गल्तीको फाइदा उठाउँदै गोल गरे । ३७औँ मिनेटमा रोड्रिगोले घरेलु टोलीको अग्रता दोब्बर बनाए । उनले ज्याक ह्यारिसनको कर्नर क्रसलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए ।

६९औँ मिनेटमा ह्यारिसनले गोल गरेपछि लिड्सले ३–० को सहज जित निकाल्यो । उनले रोड्रिगोको पासलाई सदुपयोग गरेका थिए । ८४औँ मिनेटमा कालिदो कुलिबालीले दोहोरोे पहेँलो कार्ड बेहोर्दै मैदान छाडेपछि चेल्सी १० खेलाडीमा सीमित बन्यो ।

जितसँगै लिड्स तीन खेलमा सात अंक जोड्दै दोस्रो स्थानमा उक्लिँदा पराजित चेल्सी सामन खेलबाट चार अंकका साथ १२औँ स्थानमा छ । लिग अन्तर्गतकै अर्को खेलमा ब्राइटनले वेस्टह्याम युनाइटेडलाई २–० ले हरायो ।

प्रतिक्रिया दिनुहोस्

Array