लियोपार्डको जर्सी सार्वजनिक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ भाद्र २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौँ – विश्व फिजियोथेरापी दिवसको अवसरमा हुन लागेको फिजियोथेरापिस्टहरुको फुटसल प्रतियोगिताको लागि लियोपार्ड फिजियो क्लबले जर्सी सार्वजनिक गरेको छ ।

क्बलले शनिबार एक कार्यक्रममार्फत टिमको जर्सी, स्पोन्सर र खेलाडी सार्वजनिक गरेको हो । क्लब मालिकमा सुरज भुसाल र समिद कातिला श्रेष्ठ छन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान विराज महर्जन र विशिष्ट अतिथिमा नियो हेल्थ क्लिनिकका सुर्य कुवरको उपस्थिती थियो ।

प्रतियोगिताको लागि लियोपार्डलाई १८ वटा प्रायोजकले सहयोग गरेको क्बलका मालिक भुसालले बताए । कार्यक्रममा बोल्दै पूर्व कप्तान विराज महर्जनले यस्ता प्रतियोगिताहरुबाट फिजियोहरुले खेलाडीको मनोभाव बुझ्न सहयोग पुग्ने बताए ।

‘खेलाडीहरुका स्वास्थ्यका लागि महत्वपूर्ण सहयोगीको रुपमा मैदानमा बस्नुहुने फिजियोथेरापिस्टहरुले यस्ता प्रतियोगिताबाट खेलाडीहरुको मनोभावलाई अझ गहिरिएर बुझ्न सहयोग पुग्नेमा म विश्वास्त छु । प्रतियोगिताको लागि लियोपार्ड फिजियोलाई सुभकामना दिन चाहन्छु,’ विराजले भने ।

यस्तै, क्लबका मालिक भुसालले प्रतियोगिताको उपाधि जिते शतप्रतिसत रकम खेलाडीहरुलाई दिने र एक गोलबराबर पाँच सय रुपैयाँ प्रदान गरिने बताए ।

‘हरेक खेलमा खेलाडीसँगै रहने फिजियोहरुलाई पनि मनोरञ्जन दिने हाम्रो उदेश्य हो । हामीले प्रतियोगिताको उपाधि जितेको खण्डमा प्राप्त नगद सबै खेलाडीलाई दिनेछौं । र, प्रतियोगितामा प्रत्येक गोलवापत पाँच सय रुपैयाँ दिने निर्णय गरेका छौं,’ भुसालले भने ।

भदौ २३ गते फिजियोथेरापी दिवसको अवसरमा नेपाल फिजियोथेरापी संघ (नेस्ट) आयोजना हुने प्रतियोगितामा काठमाडौंका ६ र दुई मोफसलका गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँसँगै ट्रफी र मेडल पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

Array