आयरल्याण्डसँग ७ विकेटले हार्‍यो अफगानिस्तान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – अफगानिस्तानलाई निर्णायक खेलमा डिएल नियमअनुसार ७ विकेटले हराउँदै आयरल्याण्डले सिरिज जितेको छ। वर्षाले प्रभावित खेलमा ७ ओभरमा ५६ रनको लक्ष्य पाएको घरेलु टोली आयरल्याण्डले २ बल बाँकी छँदै ३ विकेट गुमाएर पुरा गर्‍यो। उसका लागि लोर्कान टुककेरले १२ बलमा १४ रन बनाउँदा पउल स्टर्लिङले १० बलमा १० रन बनाए।

अफगानिस्तानका लागि मुजिव उर रहमानले २ तथा रासिद खानले १ विकेट लिए। यसअघि १५ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै ९५ रन बनाएको थियो। उसका लागि उसमान घानीले सर्वाधिक नटआउट ४४ रन बनाए। अजमातुल्लाह ओमारजाईले १५ रन बनाउँदा नाजिबुल्लाह जर्दान र हज्रतुल्लाह जजाईले समान १०-१० रन बनाए। आयरल्याण्डका मार्क एडियरले ३ तथा जोश लिट्लेले २ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्