आयरल्यान्डका अलराउन्डर केभिन ओ ब्राइनद्वारा सन्यासको घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – आयरल्यान्डका अलराउन्डर केभिन ओ’ब्राइनले मंगलबार क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

ओ’ब्राइनले आयरल्यान्डबाट तीन टेस्ट, एक सय ५३ एकदिवसीय र एक सय १० ट्वान्टी २० खेल खेलेका थिए । उनी आयरल्यान्डबाट सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने क्रिकेटर समेत हुन् ।

३८ वर्षीय ओ’ब्राइनले पछिल्लो पटक सन् २०२१ मा सम्पन्न ट्वान्टी २० विश्वकपअन्तर्गत नामिबियाविरुद्धको खेलमा आयरल्यान्डको प्रतिनिधित्व गरेका थिए । ओ’ब्राइनले आयरल्यान्डले हालसम्म खेलेको तीन टेस्टमा नै टोलीको प्रतिनिधित्व गरेका छन् । उनी टेस्टमा सतक बनाउने आयरल्यान्डका एकमात्र ब्याटर पनि हुन् । उनले सन् २००६ मा आयरल्यान्डको राष्ट्रिय टिमबाट ‘डेब्यु’ गरेका थिए ।

उनले नेपालको एभरेष्ट प्रिमियर लिग ९इपिएल० पनि खेलेका थिए । इपिएलमा ओ’ब्राइनले काठमाडौं किंग्स् इलेभेनको प्रतिनिधित्व गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array