एनआरएनए कतारको नेतृत्वमा भट्ट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – कतारमा एनआरएनएको अर्को कार्यसमिति गठन भएको छ । दोहाको वक्रा स्थित सभाहलमा शुक्रबार आईसीसी सल्लाहकार धर्म केसीको प्रमुख अथिति मानर्थ आईसीसी सदस्य आर सी पन्त र आईसीसी महिला सदस्य सरिता चिलुवालको अध्यक्षतामा बसेको बैठकले एनआरएनए आईसीसी कतारको नेतृत्वमा अध्यक्ष सुरेश भट्ट सहित २१ सदस्य कार्यसमिति निर्माण भएको छ।

यो समिति पूर्व अध्यक्ष शेष घले समूहको हो । भट्ट आश्रिन विदेशमा रहेका विभिन्न सामाजिक, राजनीतिक र समसामयिक मुद्दामा आवाज मुखरित गर्दै, विभिन्न विधामा लेख पनि लेख्ने गर्छन् । उनी प्रवासी नेपालीहरुको “नोट चल्ने भोट नचल्ने” ‘ अभियानको अभियन्ता पनि हून् ।

प्रतिक्रिया दिनुहोस्