गोलभेंडा किन महँगियो ९३० प्रतिशतले ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ भाद्र २०८०, शुक्रबार
1 Min Read
Aa
sf7df8f}F, # c;f/ M ahf/ efp gcfPkl5 ;8sdf ˆoflsof] uf]ne]+8f uf]ne]+8fn] plrt d"No gkfPsf] / ahf/df glas]sf] eGb} ls;fgn] cfOtaf/ sflndf6L t/sf/L tyf kmnkm"n ahf/sf] åf/ cufl8 ;8sdf kmfn]sf] uf]ne]+8f . tl:a/ M xl//fd e]6'jfn÷ /f;;

उचित मूल्य नपाएका कारण बेच्नै नसकिएको भन्दै गत असारमा सडकमा फालिएको गोलभेंडाको मूल्य यतिखेर एकाएक आकाशिएर किलोकै १ सय ७० रुपैयाँसम्म पुगेको छ ।

गत असार ३ गते १० रुपैयाँ किलोमा पनि विक्री नभएपछि किसानले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिअगाडि सडकमा गोलभेंडा फालेर विरोध जनाएका थिए ।
मूल्य नपाएर किसानले सडकमै गोलभेंडा फालेको २ महीना पूरा नहुँदै छोइनसक्नु आकाशिनुको मूल्य मुख्य कारण भारत र नेपाल दुवैतिर गोलभेंडाको ुअफ सिजनु चल्नु हो ।

समितिको तथ्यांकअनुसार गत असार १ मा प्रतिकिलो १० रुपैयामा पनि नबिकेको टनेलको गोलभेंडाको थोक मूल्य अहिले ९ सय ३० प्रतिशतले बढेर १ सय ३ रुपैयाँ पुगेको छ ।

त्यसैगरी ठूलो नेपाली गोलभेंडाको मूल्य तीन सय ८५ प्रतिशतले बढेर ३५ रुपैयाँ किलोबाट १ सय ७० रुपैयाँ कायम भएको छ ।

गोलभेंडाको यो मूल्यवृद्धि पछिल्लो १ दशककै सबैभन्दा धेरै हो । असारमा ५ रुपैयाँ किलो मूल्य भएको सानो लोकल गोलभेंडालाई अहिले किलोको ७५ रुपैयाँ तिर्नुपर्छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी समितिका अध्यक्ष गिताप्रसाद आचार्यले यतिखेर भारत र नेपाल दुवैतिर गोलभेंडाको अफ सिजन चलेकाले उत्पादन घट्न गई कालीमाटीमा आपूर्ति कम हुँदा मूल्य आकाशिएको बताए ।

यो खबर आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

Array