स्पेनिस ला लिगा; बार्सिलोना रायो भालेकानोसँग बराबरीमा रोकियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ  – स्पेनिस ला लिगा फुटबलको पहिलो खेल बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा महारथी क्लब बार्सिलोना रायो भालेकानोसँग बराबरीमा रोकिएको हो । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले बारम्बार अवसर पाउँदापनि गोल गर्न सकेका थिएनन् ।

पुरै खेलमा बार्सिलोनाले ६७ प्रतिशत बल पोसेसन बनाउँदा २१ वटा पोष्ट चार्ज गरेको थियो । जसमा ६ वटा फ्रेममा रहेपनि गोल भने गर्न सकेन । यता रायो भालेकानोले पुरै खेलमा मात्र चार सट प्रहार गरेको थियो । नयाँ सिजनमा भिल्ला रियल र ओसासुनाले जितका साथ प्रतियोगिता सुरु गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

Array