आइतबारबाट प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला बास्केटबल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ श्रावण २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – नखिपोट युथ क्लबले साउन २९ गतेबाट प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला रनिङ कप बास्केटबल प्रतियोगिता गर्ने भएको छ ।

पत्रकार सम्मेलनमार्फत क्लबले साउन २९ गतेबाट प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला रनिङ कप बास्केटबल प्रतियोगिता गर्ने बारेमा जानकारी गराएको हो । क्लबले लिग कम नकआउट पद्दतिमा हुने प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ ८ वटा टोलीको सहभागिता रहने छ ।

प्रतियोगिताअन्तर्गत पुरष र महिला दुबै विधाको विजताले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, उपविजेताले २५ हजार र तेश्रो हुनेले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको फाइनल भदौ ४ गते हुनेछ । प्रतियोगिताका सबै खेल नखिपोट युवा क्लबको कभर्डहलमा खेलाइनेछ ।

प्रतिक्रिया दिनुहोस्