इन्डियन वुमन्स लिग: नेपाली खेलाडी सावित्रा चम्किदा गोकुलम केरलाको फराकिलो जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौ – इन्डियन वुमन्स लिगको छनोट केरला वुमन्स लिगमा गोकुलम केरलाले केरला युनाइटेड एफसीमाथि ११-० को फराकिलो जित गरेको छ ।

गोकुलम केरलाको जितमा सावित्रा भण्डारीले पाँच गोल गरिन् । पहिलो हाफमा चार गोल गरेकी सावित्राले दोस्रो हाफमा एक गोल थपेकी थिइन् । खेलको तेस्रो मिनेटमा पहिलो गोल गरेकी सावित्राले नवौं मिनेटमा दोस्रो र २७औं मिनेटमा ह्याट्रिक गरेकी थिइन् । यस्तै, ३५औं मिनेटमा चौथो गोल गरेकी सावित्राले ५६औं मिनेटमा पाँचौ गोल गरेकी थिइन् । खेलमा ६० मिनेट मैदानमा बिताएकी सावित्रा नै ‘प्लेअर अफ दी म्याच’ चुनिएकी थिइन् ।

यसबाहेक, गोकुलम केरलाका सन्धियाले दुई गोल गर्दा कास्मिना, रेश्मा, भिभियन र हर्मीलनले समान एक गोल गरे । खुट्टाको चोटबाट लामो समयपछि मैदानमा फर्किएकी साबित्राले गत माघमा भएको महिला लिगपछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी हुन् ।

सोही प्रतियोगिता खेल्नका लागि राष्ट्रिय टिमकी मिडफिल्डर दिपा न्यौपाने बुधबार भारत प्रस्थान गरिसकेकी छन् । उनले त्यहाँ डन बोस्को फुटबल एकेडेमीबाट खेल्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्

Array