बिआइबी कप आजदेखि सुरु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – बौद्ध इन्टरनेसनल स्कुलको आयोजनामा पाँचौँ बिआइबी कप आजदेखि हुने भएको छ । अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबार (आज) देखि हुने भएको हो । प्रतियोगितामा विभिन्न २० विद्यालयका २५ टोलीको सहभागिता रहने बौद्ध इन्टरनेसनल स्कुलका प्रिन्सिपलले जानकारी गराए का छन्।

पुरुषमा १३ तथा महिलामा १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने इसिए इन्चार्ज सुव्रत राजोपाध्यायले बताएका छन् । पुरुषमा टिआइए तथा महिलामा रुपिज साबिक विजेता भएका थिए । यसपटक दुवै सहभागी छैनन् ।

प्रतिक्रिया दिनुहोस्

Array