बडिमालिका पुजाका लागि भक्तजनहरु बाजुरा तर्फ प्रस्थान (फोटो फिचर सहित)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ श्रावण २०७९, बुधबार
2 Min Read
Aa

 

जुम्ला– सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लास्थित बडिमालीका भगवती मन्दिरको पुजाआजाका लागि जुम्लाको एक सरकारी टोली बाजुरा तर्फ प्रस्थान गरेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा एकराज गिरीको नेतृत्व तथा पुजारी विष्णुप्रसाद उपाध्याय सहित दर्जनौ भक्तजनहरुको टोली बडिमालिका प्रस्थान गरेको छ ।

 
हरेक वर्ष साउन शुक्लपूर्णिमा नाग पञ्चमीका दिन तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रूपमा बडिमालिकाको पूजा गर्ने प्रचलन अनुसार मंगलबार जुम्लाको टोली बडिमालिका गएको जुम्लाका संस्कृत बिद रमानन्द आर्चायले बताए ।
उहाँका अनुसार नेपाली सेनाको एक टुकुटीले बटुक भैरवनाथ, बाबा चन्दननाथ र दरबार मालिकाको सलामी अर्पण,पाँच वटा सलामी,ब्यान्डबाजा र बिगुल फुकेर पूजाको डोली सहित बडिमालिका हिँडेको टोलीलाई भव्य बिदाइ गरिएको छ ।

परम्परादेखि नै हरेक नाग पञ्चमीका दिन जुम्लाको सरकारी टोली पूजाका लागि बडिमालिका जाने चलन चलिआएको छ । नेपाली सेनाको सलामीसहित टोलीलाई जुम्लाका सयौ भक्तजन, सरकारी तथा गैससका प्रतिनिधिहरूले फूलमाला अबिर सहित बिदाइ गरेका छन् । डोटी बाजुराको टोली बडिमालिका आउने जुम्लाको टोली बडिमालीका पुगेर संयुक्त पूजा गर्ने प्रचलन छ ।
संस्कृत विद् आर्चायका अनुसार जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टीका, बिनायो, चाँदीको काँगियो, छत्र, मुरुली गरी ५ वटा पूजाका सामानहरू ९पेटारो० नामक झोलीमा राखेर बडिमालिका मन्दिरमा पूजाका लागि पठाइएको छ ।


प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले बडीमालिका जाने टोली सुरक्षार्थ सीमावर्ती जिल्ला प्रशासन र प्रहरी कार्यालय सँग समन्वय भएको बताउए । उनले भने,“गत वर्ष कोरोनाका कारण सीमित रुपमा टोली बडिमालिका गएको थियो । यस वर्ष नागरिकको उत्साह पनि धेरै देखियो । बाडिमालिकाको टोली पुगेपछि जुम्लामा जात्रा लाग्ने चलन छ । सोही अनुसार बडिमालिकाबाट टोली आगामी भदौ १ गते अर्थात् १६ दिनपछि जुम्ला फर्किने छ ।”
बडिमालिकामा वर्षमा एक पटक हुने पूजाले बाजुरा र जुम्लाको धार्मिक सहिसुष्णताको विकास संगै धार्मिक पर्यटनलाई समेत उजागर गरेको जिल्ला समन्वय समितिका प्रमुख गोरीनन्द आर्चायले बताउए ।

प्रतिक्रिया दिनुहोस्

Array