आज दोहोरो अंकले घट्यो नेप्से

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ असार २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । आज विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । कारोबार भएदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा १६ अंकले घटेर बन्द भएको हो ।

यसक्रममा आज ४७ लाख ११ हजार कित्ता सेयर किनबेच भइ एक अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बजार घटेपनि आज म्यूचुअल फण्ड समूहमा भने सुधार आएको छ । यो समूह ०.०९ अंकले बढेर बन्द भएको छ ।

यसबाहेक, अन्य कुनै पनि समूहमा सुधार आएको छैन । जीवन बीमा समूहमा सबैभन्दा धेरै ११५ अंकको गिरावट आएको छ । यस्तै, विकास बैंक समूहमा ४६ अंकको सुधार आउँदा उत्पादनमूलक समूहमा ४३ अंकको सुधार आएको छ ।

यसैगरी, लघुवित्त समूहमा ३७ अंकको सुधार आएको छ भने निर्जीवन बीमा समूह ३३ अंकले घटेको छ । शेयर बजारमा निरन्तर ओरालो लाग्दा लगानीकर्ताहरु निराश देखिएका छन ।

प्रतिक्रिया दिनुहोस्

Array