रवि लामिछानेले मन्त्रालयसँग ५ करोड मागेको खुलासा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ असार २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं ।राष्ट्रिय सभा गृहमा नयाँ पार्टी को नाम राष्ट्रिय स्वतन्त्र पार्टी खोल्ने घोषणा गर्दै लामिछानेले पार्टी चलाउन व्यापारीसँग चन्दा नमाग्ने घोषणा गरेका छन् भने विगतमा पनि चन्दा नमाग्ने भन्ने रवि लामिछानेले स्वास्थ्य मन्त्रालयसँग ५ करोड चन्दा मागेको स्वास्थ्य लाइभले खुलासा गरिसकेको छ ।

लामिछानेले कालिकोटस्थित रास्कोट अस्पताल बनाउन पैसा कसैसँग नमाग्ने तर दिएको भने लिने घोषणा गरेका थिए । तर उनले आफ्नो प्रतिबद्धतावपरीत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग ५ करोड चन्दा मागेको प्रमाण स्वास्थ्य लाइभले फेला पारेको थियो ।

नयाँ पार्टी खोलेका लामिछानेले यसअघि पनि चन्दा नमाग्ने भनेर चन्दा मागेको पाइएकाले पार्टीका लागि व्यापारीसँग चन्दा नमाग्ने उनको घोषणा विश्वास गर्ने आधार देखिँदैन । लामिछानेको विगतमा पनि चन्दा नलिने भनाइ र गराइ फरक पाइएकाले यसमा विश्वास गर्न सकिने आधार नदेखिएको हो ।
श्रोत

 

प्रतिक्रिया दिनुहोस्

TAGGED: