८ अर्बले बढ्यो निक्षेप, सिडी रेसियोमा सुधार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ जेष्ठ २०७९, बुधबार
1 Min Read
Aa

बैंकहरूकाे निक्षेप संकलन ८ अर्बले बढेकाे छ । बैंकहरूकाे निक्षेप संकलन बढ्दा सिडी रेसियाेमा पनि सुधार देखिएकाे छ । 

Citizens Bank

daily skip ad

नेपाल राष्ट्र बैंकका अनुसार जेठ २ गते, साेमबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप रहेको छ । वैशाख २८ गते, बुधबारसम्म बैंकहरूकाे निक्षेप ४९ खर्ब ३७ अर्ब रूपैयाँ रहेकाे थियाे । ५ दिनमा बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप ८ अर्बले बढेकाे हाे । यसै अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि ५ अर्बले बढेर ४३ खर्ब ६७ अर्ब पुगेकाे छ ।

वाणिज्य बैंकहरूको कर्जा लगानी भने ५ अर्बले घटेर ४१ खर्ब ८५ अर्ब रूपैयाँमा सिमित छ । बैंक तथा वित्तीय संस्थाहरूकाे कुल कर्जा प्रवाह ४७ खर्ब १६ अर्बमा झरेकाे छ ।

बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ९०.८० प्रतिशतबाट घटेर ९०.४४ प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

Array