लिभरपुलको ग्यारेजमा ‘फेरारी’

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ जेष्ठ २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौं ।  इंग्लिस प्रिमियर लिगमा लिभरपुलले मंगलबार हिजो राति साउथह्याम्पटनको सामना गर्न अगाडि धेरैको कौतुलहता थियो, व्यवस्थापक योर्गन क्लोपले कस्तो टिम उतार्नेछ भनेर । एफए कप फाइनलमा चेल्सीलाई टाइब्रेकरमा पराजित गरेयता लिभरपुललाई यो खेल जसरी पनि जित्नु थियो, तर उसलाई आफ्ना प्रमुख खेलाडीलाई आराम दिन पनि उत्तिकै आवश्यक थियो ।

 त्यस माथि त्यस खेल अगाडि नै टिमका दुई प्रमुख खेलाडीले चोटका कारण नखेल्ने निश्चित भइसकेको थियो, मोहमद सलाह र भर्जिल भान डाइक । नभन्दै क्लोपले एफए कप फाइनलमा खेलको टिमबाट नौ परिवर्तन गरेर सेन्ट मेरिजमा खेलाडी उतारेको थियो । तर यही टिमले साउथह्याम्पटनविरुद्ध उम्दा प्रदर्शन गर्दै जित निकाल्यो ।

 नतिजा प्रिमियर लिगको उपाधिको छिनोफानो अब अन्तिम दिन मात्र हुनेछ । अनि उसको एकै सिजन चार उपाधि जित्ने सपना पनि कायम रह्यो । लिभरपुल यो खेलमा पराजित रहेको भए त म्यानचेस्टर सिटीले मैदानमा नओर्लेर पनि लिग जित्ने थियो । जे होस, साउथह्याम्पटनविरुद्धको लिभरपुलको जित कस्तो रह्यो त ? यसमा क्लोपले खुबै मीठो उत्तर दिएका छन् ।

 उनले भनेका छन्, ‘यो त लिभरपुलले ग्यारेजमा फेरारी कार राखे जस्तै हो ।’ फेरारी अर्थात विश्वकै सबैभन्दा महँगा गाडीमध्ये एक । भन्नुको अर्थ के भने लिभरपुलका दोस्रो रोजाईका खेलाडी पनि उत्तिकै तगडा देखिए । तर यी खेलाडीले लिभरपुलका लागि सधैं मौका पाउने पनि कहाँ पाउँछन् । त्यस अर्थमा ‘वेञ्च’ का खेलाडी बलियो हुनुले लिभपरपुल कति धनी छ, त्यो त देखाउँछ नै ।

–डेली मेलको सहयोगमा ।

प्रतिक्रिया दिनुहोस्