अज्ञात समूहले गोली चलाउँदा बारामा एक व्यापारी घाइते

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँँ – बारामा अज्ञात समूहले चलाएको गोली लागेर एक जना गम्भीर घाइते भएका छन् । भारतीय व्यापारी शिवपुजन यादव गम्भीर घाइते भएका हुन् ।

बाराको महागढीमाई नगरपालिका भुतही पुल नजिकै चिया पसलमा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले गोली चलाएर भागेको प्रत्यक्ष दर्शीले बताएका छन् ।

- Advertisement -
Ad image

घाइतेको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: