काठमाडौँ – दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । जिल्लाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा चार जना पुरुष र एक जना महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका ४ जनालाई उपचारका लागि गोकुलेश्वर पठाइएको छ भने अन्य घाइतेको उद्दार भइरहेको छ । जीप सडकबाट करीब पाँच सय मिटर तल खसेको छ ।
प्रतिक्रिया दिनुहोस्