प्रहरी प्रशासनको सहयोगमा आज पनि फोहोर ढुवानी गरिँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – काठमाडौं उपत्यकाको फोहोर आज पनि प्रहरी प्रशासनको सहयोगमा नुवाकोटस्थित ल्यान्डफिल साइटमा विसर्जन गरिने भएको छ। मंगलबार फोहोर व्यवस्थापनमा अवरोध भएपछि प्रहरी प्रशासनको सहयोगमा १८६ गाडी फोहोर ल्याण्डफिल साइटमा लगिएको थियो । स्थानीय अवरोधपछि प्रहरीले बल प्रयोग गरेको थियो।

सशस्त्र प्रहरी बेस क्याम्प बञ्चरेका अनुसार स्थानीय डाँडामा जम्मा भएर बसेका छन्। ढाँडखोला नजिक ४१ वटा गाडी फोहोर खन्याउन लाइनमा बसेका छन्। नगर प्रहरीका अनुसार फोहोर बोकेर गएका १ सय सवारी साधन मुड्खुबाट अगाडि बढिसकेका छन्।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापन गर्दा प्रहरी परिचालन गर्ने महानगरको उद्देश्य नरहेको बताए।

प्रतिक्रिया दिनुहोस्

Array