मसँग बसेर काम गर्ने युवा थाक्छन्, म थाकेको छैन; अध्यक्ष ओली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ  – नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफू युवाहरु जतिकै सक्रिय रहेको बताएका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफू युवाहरू जत्तिकै सक्रिय रहेको स्पष्ट पारेका छन। उनले भने, ‘म युवाभन्दा कम सक्रिय छैन। मसँग बसेर काम गर्ने युवा मेरो साथमा रहँदा थाक्छन् म थाकेको छैन’।

आफूले पार्टीमा परिवारवादलाई निरुत्साहित गरेको भन्दै उनले आफ्ना भाइ गाउँमा खेति किसानी गरेर बसिरहेको बताए। ओलीले भने, “मेरो भाइ १० कठ्ठा जग्गामा हलो जोतेर बस्छ।” त्यसैगरी आफ्नी श्रीमतीलाई पनि राजनीतिमा नल्याएको ओलीले बताए।

प्रतिक्रिया दिनुहोस्

Array