नागरिकतामा अपमानजनक नाम राख्न नपाइने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – गृह मन्त्रालयले अपमानजनक शब्द प्रयोग गरी नागरिकता प्रमाणपत्र जारी नगर्न अनुरोध गरेको छ। गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनाउनेगरी प्रमाणपत्र जारी नगर्न आग्रह गरेको हो।

विभिन्न जिल्लाबाट जारी भएका नागरिकता प्रमाणपत्रमा अपमानजनक शब्द राखिएकोप्रति गृहले ध्यानाकर्षण गराएको छ।

- Advertisement -
Ad image

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ुत्यसरी अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउने।ु

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्