नबिल बैंकको कामु सीईओमा ज्ञवाली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ चैत्र २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं – नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् । बैंकका सिईओ ज्ञानेन्द्र ढुगाना नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा रहेकाले राजिनामा दिएपछि ज्ञवालीले कामु सीईओको जिम्मेवारी पाएका हुन् ।

ज्ञवाली नविलमा बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डि सीईओ) थिए । गभर्नर बन्ने दौडमा लागेका ढुंगानाले चैत १० गते सीईओबाट राजिनामा दिएका थिए ।

- Advertisement -
Ad image

बुधबार बसेको सञ्चालक समितिको बैठकले ढुंगानाको राजिनामा स्वीकृत र ज्ञवालीलाई कामु सीईओमा नियुक्ति गरेको हो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्