काठमाडौँ – नेपाली सेयर बजारमा सुधारको क्रमले बिहीबार पनि निरन्तरता पाएको छ। साताको अन्तिम कारोबार दिन धितोपत्र बजार परिसूचक नेप्से ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा ओर्लिएको छ। यो सँगै बजार लगातार छैटौं कारोबार दिन सकारात्मक दिशामा अघि बढेको हो।
बजार परिसूचकसँगै यस दिन कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ। बिहीबार कुल ३४९ वटा धितोपत्रका १ करोड ३६ लाख २४ हजार ४०७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड ७० लाख २८ हजार १०४ रुपैयाँ बराबरको कारोबार भएको छ।
दिनभरिको तीव्र उतारचढावका बीच बजारमा कुल १७१ कम्पनीको सेयर मूल्य बढेको छ। यसैगरी ९१ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने १५ वटा कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन।
बिहीबारको कारोबारमा बेनी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यस कम्पनीको सेयर मूल्य १४.९८ प्रतिशत (करिब १५ प्रतिशत) ले बढेर प्रतिसेयर ३१३.९० रुपैयाँ पुगेको छ। त्यस्तै, हिमालय एभरेस्ट इन्स्योरेन्सको सेयर मूल्य पनि ६.३५ प्रतिशतले बढेको छ।
समूहगत रूपमा हेर्दा बैंकिङ, उत्पादन, अन्य र ट्रेडिङ समूहको उपसूचकमा गिरावट आएको छ। बैंकिङ समूह ०.१६ प्रतिशतले घट्दा फाइनान्स समूहमा भने आकर्षण देखिएको छ, जसको उपसूचक आज १.०३ प्रतिशतले वृद्धि भएको छ। फाइनान्ससहित बाँकी अन्य सबै समूहगत उपसूचकहरू आज हरियाली छाएर बन्द भएका छन्।


प्रतिक्रिया दिनुहोस्