बेवारिसे (लघुकथा)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ माघ २०८१, मंगलवार
1 Min Read
Aa

भूमिका गैरे तिमिल्सिना

‘गन्हाएर बाटोमा हिँड्नै नसकिने भयो । के मरेछ, कुन्नि ?’ बिहानीको घुमाइमा रमिताले कवितासँग भनिन् । कविताले नाक छोप्दै थपिन्, ‘यता उता हेर्यो खै केही देखिदैन त रु कति साह्रो गन्हाएको हो छ्या ? कुकुर हो कि, बिरालो ?’

- Advertisement -
Ad image

राम मन्दिर अगाडिको घुम्ती भएको बाटोमा गन्हाएर हिँड्नै नसकिने भएको कुराले गाउँलेलाई चिन्तित बनायो । गाउँका भद्र भलाद्मी जुटे, स्थानिय क्लब पनि जुट्यो । सबैले यताउता खोजी गरे तर केही फेला परेन । अन्तिममा प्रहरी चौकीमा खबर गरियो ।

प्रहरीको टोली आयो । चेक जाँच गरे । निषेधित ठाँउ भनि कसैलाई नि प्रवेश गर्न दिएन । खोज्दै जाँदा अरेली काँडाको झाडीभित्र एउटा बोरा भेट्यो । बोराको मुख बाँधिएको थियो । पुलिसले फोटो खिच्यो र बोरा खोल्यो, मान्छेको शव फेला पर्यो ।

सबै चकित परे । ‘को मान्छे हो रु कसको छोरा हो ? हेर ! घर परिवारले कति खोजेका होलान् । ‘ अनेकन् तर्कनाहरूबारे खासखुस चलिरहेको थियो ।

पुलिसले ‘मृतकको कोहीसँग वैरभाव वा भनाभन भएको थियो ?’ भनेर स्थानीय जनतासँग सोधिरहेका थिए ।

स्थानीय सुरेश भने मनमनै गुन्दै थिए, ‘आफ्नो जीवनभरि कमाएको पहिचान कतै त्यहीँ बोराभित्रको बेवारिसे शवमा टुङ्गिने त होइन ?

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्