नेपाल र बंगलादेशबीच कीर्तिपुरमा ऐतिहासिक टी-२० क्रिकेट शृङ्खला हुने, टेस्ट राष्ट्रसँग घरेलु मैदानमा पहिलो द्विपक्षीय भिडन्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ भाद्र २०८३, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेपालले आफ्नै घरेलु मैदानमा पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रसँग द्विपक्षीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) को संयुक्त पहलमा आगामी सन् २०२७ को मार्च २६, २८ र ३० तारिखमा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तीन खेलको ऐतिहासिक शृङ्खला आयोजना हुने तय भएको हो ।

नेपाली क्रिकेट इतिहासमा घरेलु मैदानमा कुनै पनि आईसीसी पूर्ण सदस्य (टेस्ट राष्ट्र) विरुद्ध हुन लागेको यो नै पहिलो द्विपक्षीय टी-२० अन्तर्राष्ट्रिय शृङ्खला हो । क्यानका सचिव पारस खड्काका अनुसार यो ऐतिहासिक शृङ्खलालाई हालै नेपालमा आएको विनाशकारी बाढी विपद्मा ज्यान गुमाउने नागरिकहरूको स्मृतिमा समर्पित गरिनेछ । शृङ्खलाका सबै खेलहरू काठमाडौँको त्रिवि मैदानमा सञ्चालन हुनेछन् भने बंगलादेश विरुद्धको यस ऐतिहासिक भिडन्तमा नेपाली टोलीको कप्तानी दीपेन्द्र सिंह ऐरीले सम्हाल्नेछन् ।

- Advertisement -
Ad image

यो सम्झौता केवल खेलमा मात्र सीमित नरही दुई देशबीचको दीर्घकालीन क्रिकेट विकासमा कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ । बंगलादेशले नेपालको महिला क्रिकेट र उमेर समूहको क्रिकेट विकास तथा क्षमता अभिवृद्धिमा समेत विशेष सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । यसका साथै भविष्यमा नेपाल ‘ए’ टोलीको बंगलादेश भ्रमण र थप द्विपक्षीय खेलहरूलाई समेत निरन्तरता दिइने क्यानले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्