एनपीएलको खेल तालिका सार्वजनिकः पहिलो खेलमा विराटनगर र जनकपुर भिड्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ मंसिर २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक गरिएको छ। एनपिएलको पहिलो खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच ३० नोभेम्बर (मंसिर १५) मा उद्घाटन खेल हुने भएको छ।

नेपाल क्रिकेट संघ(क्यान)ले सोमवार जारी गरेको खेल तालिका अनुसार प्रतियोगिता ६ पुस सम्म आयोजना हुने छ। प्रतियोगिता सिङ्गल राउण्ड रोबिनका आधारमा हुने छ। शीर्ष चार टोलीले प्लेअफ खेल्दै फाइनलसम्मको यात्रा तय गर्नेछन्।

- Advertisement -
Ad image

२ डिसेम्बरदेखि १५ डिसेम्बर सम्म हरेक दिन दिनको दुई खेल हुने कार्यतालिका रहेको छ। त्यस्तै १८ डिसेम्बर देखी प्लेअफ खेल सुरु हुने छ। इलिमिनेटर र पहिलो क्वालिफायरको खेल १८ डिसेम्बरमा हुँदा दोस्रो क्वालिफायर १९ डिसेम्बरमा हुनेछ। प्रतियोगिताको फाइनल २१ डिसेम्बरमा हुनेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्