काठमाडौँ – विराटनगर किंग्स तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ दौडबाट बाहिरिएको छ । भर्खरै सम्पन्न खेलमा लुम्बिनी लायन्ससँग ४ विकेटले पराजित हुँदै विराटनगरको यात्रा सकिएको हो ।
योसँगै प्लेअफ खेल्ने चारै टोलीको टुङ्गो लागेको छ । लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र चितवन राइनोजले प्लेअफ खेल्नेछन् ।
पोखरा एभेन्जर्स, कर्णाली याक्स, जनकपुर बोल्ट्स र विराटनगको यात्रा समूह चरणबाटै सकिएको छ ।
बलिङतर्फ विराटनगरका अपराजित पौडेलले दुई तथा चरिथ असलंका र रुपेश सिंहले एक–एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ४ विकेटको क्षतिमा १६६ रन जोड्यो ।
चरिथ असलंकाले अर्धशतकीय पारी खेले । उनले ४३ बलमा ६ छक्का र १ चौकाको मद्दतमा ६४ रनको योगदान दिए । शुभम रन्जानेले अविजित ३१ रन बनाए ।
इमरान शेखले २४ रन जोडे । शेख रिटायर्ड हर्ट भएर मैदानबाट बाहिरिए । लोकेश बमले १५ रन जोडे । बलिङतर्फ लुम्बिनीका किशोर महतोले दुई तथा अभिशेष गौतम र रुवेन ट्रम्पलमानले एक–एक विकेट लिए ।


प्रतिक्रिया दिनुहोस्