भूमिका गैरे तिमिल्सिना
‘उठ्न कति अल्छी गरेकी ? सात बजिसक्यो ?’ दिपिकाले कवितालाई कराई । कविताले भनी , ‘आज साउने सङ्कान्तिको बिदा हो नि ! एकछिन सुत्न दे न यार !’
कविता र दिपिका एउटै कलेजमा स्नातक पढ्दै थिए । उनीहरू बीचमा गहिरो लगाव थियो । कलेज पनि सँगै जाने आउँने गर्थे । घर नजिकै भएकाले कहिले छुट्टिदैन्थे । दिपिकाको परिवार निम्न वर्गीय थियो । उसलाई बेफाल्तुको खर्च गर्ने त्यति साह्रो छुट थिएन ।
तर कविता सम्पन्न परिवारमा हुर्केकी थिई । कुनै कुराको अभाव थिएन । दुबै बीच गहिरो मित्रता भएपनि रमाइलो गर्ने विषयमा यदाकदा ठाकठुक परिरहन्थ्यो । बुढाघरे साहुकी नातिनी भनेपछि कवितालाई सबैले मान्थे तर दिपिकालाई कसैले वास्तै गर्दैनथे ‘स्तर नमिलेर होला ।’ भनेर दिपिका सबै सहन्थी, चित्त बुझाउथी ।
कविता ११ बजेतिर उठी । साउन लागेकोले दिपिकालाई भनी, ‘हामीसँगै बजार जाऔँ । हरियो कुर्ता सुरुवाल , हरिया चुरा किन्नु पर्छ है ! चाडै तयार हो।’
दिपिका एकछिन टोलाई र भनी, ‘मलाई हरियो लुगा, चुरा लगाउने रहर छैन बरु हरियो पासपोर्टको आवश्यकता छ ।’


प्रतिक्रिया दिनुहोस्