काठमाडौं – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को टोली विराटनगर किङ्सले अभिनेता दयाहाङ राईलाई आफ्नो गुडविल एम्बासडरमा नियुक्त गरेको छ ।
विराटनगरले आईतबार एक कार्यक्रममा बीच राईलाई एम्बासडर नियुक्त गरेको हो । ‘यो एनपीएल न्युट्रल बसेर हेरौं भन्ने थियो । तर टोलीसँग जोडिन पाए । क्रिकेट हेर्न र बुझ्न थालेको छु । अझै बुझ्न बाँकी छ । तर क्रिकेटले सबैलाई जोडेको छ ,’ उनले भने, ‘यो हामी सबैलाई थाहा छ। भलिबल, फुटबल खेल्थे । तर क्रिकेट खेल्थिन । शक्ति गौचन, पारस खड्का, सुवास खकुरेललगायतको नाम रेडियोमा सुन्थे । ‘ राईले जुनसुकै खेलले धैर्यता सिकाउँने बताए ।
नेपाल क्रिकेट संघ ( क्यान) का सचिव पारस खड्काले खेलकुद र क्रिकेटको संस्कारका लागि सबैको साथको अपेक्षा राखेको बताए ।विराटनगरमा नेपाली राष्ट्रिय टोलीका नियमित सदस्य सन्दीप लामिछाने मार्की खेलाडी रहेका छन् । आयरल्याण्डका पुर्व क्रिकेटर केबिन ओब्राइन विराटनगरको मुख्य प्रशिक्षकमा छन् ।
क्यानको आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म पहिलो संस्करणको एनपीएल हुदैछ ।


प्रतिक्रिया दिनुहोस्