काठमाडौं – दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) अन्तगर्त शनिबार भएको दोस्रो खेलमा विराटनगर किङ्सले ५ विकेटले जीत हासिल गरेको छ । शनिबार भएको दोस्रो खेलमा विराटनगर किङ्सले १७.१ ओभरको खेलमा ५ विकेट गुमाउँदै १३५ रनको लक्ष्य पूरा गरेको हो ।
काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रन बनाएको थियो । विराटनगर किङ्सले टस जितेर पहिले बलिङ रोजेपछि काठमाण्डुले ब्याटिङको निम्तो पाएको छ । खेलमा मोहम्मद अदिल आलमले २५ बलमा अविजित रहँदै ४८ तथा बेन चाल्सवर्थले ३३ बलमा ३२ रन बनाए । विराटनगरका मर्चेन्ट डे लाङ्गेले २ विकेट लिए । काठमाडौंले तेस्रो खेल खेलेको हो । पहिलो खेल जितेको काठमाडौंले त्यसपछिका दुवै खेल हारेको छ ।
आजै भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्समाथि सानदार जित निकालेको छ । कर्णालीले लुम्बिनीलाई ९ विकेटले पराजित गरेको हो । लुम्बिनीले दिएको १५७ रनको लक्ष्य पछ्याएको कर्णालीले १२ ओभरमै १ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
कर्णालीका लागि ओपनर मार्क वाटले शतक प्रहार गरे । एनपीएल दोस्रो सिजनको यो पहिलो शतक हो । वाटले ४१ बलमा १०१ रन बनाए । १० छक्का र ६ चौका मद्दतमा उनले शतक प्रहार गरेका हुन् ।
८ टीम सहभागी एनपीएलमा अहिलेसम्म सुदूरपश्चिम र विराटनगरले मात्र लगातार २ खेल जितेका छन् । कर्णाली, लुम्बिनी र चितवनले १ खेलमा जीत र १ मा हार व्यहोरेका छन् । काठमाडौंले ३ मध्ये १ खेल जितेको छ भने २ खेल हारेको छ । पोखराले दुवै खेल हारेको छ, जनकपुरले १ खेल हारेको छ ।


प्रतिक्रिया दिनुहोस्