नेप्सेमा दोहोरो अंकको गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । सातको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से १५.६१ अंक (०.७९ प्रतिशत) ले गिरावट भएर १९५०.३७ अंकमा बन्द भएको छ ।

सोमबार नेप्सेमा म्युचुअल फण्ड र व्यापार बाहेक सबै उपसूचकमा गिरावट भएको छ । बैंकिङ उपसूचक ०.७३ प्रतिशतले गिरावट भएको छ भने वित्त कम्पनीको उपसूचक १.५१ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार दुई अर्ब नाघेको कारोबार रकम सोमबार डेढ अर्बमा झरेको छ । सोमबार नेप्सेमा ३७ लाख ६१ हजार २९९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४९ करोड ४३ लाख ९५ हजारको कारोबार भएको छ । जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक १६ करोड ४६ लाख ४३ हजारको कारोबार हुँदा नबिल बैंकको ७ करोड २४ लाख ५८ हजार र शिवम् सिमेन्टको ६ करोड १६ लाख ६३ हजारको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: