इस्टर्न हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – इस्टर्न हाइड्रोपावर कम्पनीले असोज २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानिय बासिन्दालाई बिक्री खुला गर्दा नबिकेको ५० हजार ३१० कित्ता सहित ६ लाख ७० हजार ३१० कित्ता आइपीओ जारी गर्न लागेको हो । यो मध्ये ३३ हजार ५१५ कित्ता सामुहिक लगानी कोष र १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी ६ लाख २३ हजार २८९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा कार्तिक १ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा कार्तिक १४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

Array