इष्टर्न हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ आश्विन २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौँ – भर्खरै आयोजना प्रभावित स्थानीय बासिन्दका लागि आइपीअ‍ो निष्काशन गरेको इष्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारणहरुका लागि पनि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले यहि असोज २८ गतेदेखि आइपीओ जारी गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेकोमा बाँकी रहेको ५० हजार ३१० कित्ता शयर सहित गरी ६ लाख ७० हजार ३१० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

सामध्ये ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ६ लाख २३ हजार ३८९ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा कात्तिक १ गते हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद कात्तिक १४ गतेसम्म लम्बिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: