राष्ट्रपतिको कदमलाई समर्थन गर्दै युवा संघ सडकमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ आश्विन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एमाले निकट युवाहरुको संगठन युवा संघ नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा काठमाडौंमा प्रदर्शन गरेको छ । युवासंघले बानेश्वर(माइतीघर सडकखण्डमा प्रदर्शन गरेको हो ।

प्रदर्शनपछिको सभामा सम्बोधन गर्दै एमाले नेता महेश बस्नेतसहित युवा संघका नेताहरुले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर देश जोगाएको दाबी गरे ।

संसदले दोश्रो पटक पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी १५ दिन बिताएपछि उनले संविधानको उल्लंघन गरेको भन्दै आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array