जनमत पार्टीद्वारा राष्ट्रपतिको पुत्ला दहन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ आश्विन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – जनमत पार्टीले राष्ट्रपति विद्या भण्डारीको पुत्ला दहन गरेको छ । आज बिहान सिरहामा पार्टीका नेता कार्यकर्ताहरूले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै पुत्ला दहन गरेको हो ।

विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति निर्णयलाई लिएर दलहरु दुई ध्रुवमा बाँडिएका छन् । सत्तारुढ दल र मधेसवादी दलहरुले राष्ट्रपतिको विरोध गरेका छन् भने नेकपा एमाले, राप्रपा नेपाललगायतका दलहरु राष्ट्रपतिको पक्षमा देखिएका छन् । राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै मधेसवादी दलहरुले आन्दोलनको चेतावनी दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array